साना पुजीबाट धेरै उद्योगहरु स्थापना गर्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

0 Shares

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्न निर्देशन दिएका छन् । स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताएका हुन् ।
आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन ओलीले जोड दिए । यस्ता उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै उनले केही ठग तत्वहरु सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट पारेका छन् ।

‘हामीले प्रविधि, सीप र पुजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उधमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लानुपर्छ’ उनले भने, ‘देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन ।’ आफू सरकारमा झण्डा हल्लाउन मात्रै नआएकाले केही गर्न आएको जिकिर गरे ।

सम्बन्धित समाचार