जीप दुर्घटना हुँदा माओवादी केन्द्रका नेताको मृत्यु

0 Shares

काठमाडौं । सोमबार भएको जीप दुर्घटनामा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सचिवालय सदस्यको मृत्यु भएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्षसमेत रहेका माओवादी नेता चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा मृत्यु भएको हो ।

सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा घाइते भएका उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अनुसार भेरीगंगा नगरपालिका ५ एमाले मोडमा दुर्घटना भएको उक्त गाडीमा सवार २१ जना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो ।

सम्बन्धित समाचार