इंग्लिस प्रिमियर लिग: उपाधि होडमा रहेको आर्सनलको सानदार जित, शेफिल्डको पोस्टमा आधा दर्जन गोल

0 Shares

इंग्लिस प्रिमियर लिगअन्तर्गत उपाधि होडमा रहेको आर्सनलले सानदार जित निकालेको छ।

सोमबार राति भएको खेलमा आर्सनलले शेफिल्ड युनाइटेडलाई ६-० गोलले पराजित गरेको हो। आर्सनलले ओडेगार्डले पाँचौं मिनेटमा गरेको गोलबाट अग्रता लियो। १३ मिनेटमा शेफिल्डका बोग्लेले आत्मघाती गोल गर्दा आर्सनलको अग्रता दोब्बर भयो।

१५ मिनेटमा मार्टिनेली, हाभर्ट्जले २५ र राइसले ३९ मिनेटमा गोल गर्दा आर्सनल पहिलो हाफमै ५-० गोलले अघि बढेको थियो। दोस्रो हाफमा ह्वाइटले गोल गर्दा आर्सनलले सानदार जित निकाल्यो।

जितसँगै तेस्रो स्थानको आर्सनलको ६१ अंक भएको छ। शीर्ष स्थानको लिभरपुलको ६३ र दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६२ अंक छ। पुछारको शेफिल्डको १३ अंक छ।

सम्बन्धित समाचार