0
Shares
काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड बर्माबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्धको विषयमा छलफल भएको बताइएको छ । बर्मा आजै काठमाडौं आइपुगेका हुन् ।
व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्डले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका उच्च नेतृत्व, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ तथा नेपाली व्यवसायीसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
उनी आज दिनभर भेटघाट गर्ने र भोलि बिहानै भारत जाने कार्यक्रम रहेको छ । उनी भारतका लागि पूर्व अमेरिकी राजदूत पनि हुन् । उनले आजै परराष्ट्रमन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।