कमरेड प्रभाकरले पार्टी फुटाउँछ भने कुरा गलत हो- प्रचण्ड

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एक ढिक्का भएको बताएका छन् । स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा उनले पार्टीमा कुनै विवाद नभएको स्पष्ट पारेका हुन् ।

पत्रकारहरूले सोधेको प्रश्नमा प्रचण्डले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी फुटाउँदै छ भनेर चलाएको हल्ला सत्यता नभएको बताए ।

‘पार्टी फुट्ने भन्ने चर्चा गलत हो, खासगरी कमरेड प्रभाकरले पार्टी फुटाउँछ भनेजस्तो त्यो चाहिँ बिलकुल गलत हो,’ उनले भने, ‘पार्टी एकताबद्ध भएको छ, कमरेड प्रभाकरसहित सबै पार्टीमा एकताबद्ध भएका छौँ ।’

यस्तै, उनले संक्रमण कालीन न्यायसँगसम्बन्धित (टीआरसी) विधेयक पेश भएसँगै सबैले सही ढंगले कार्यान्वयन गर्नु पर्ने अवस्था आएको बताए ।

सम्बन्धित समाचार