काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि संक्रमण कालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक कानूनमा सहमति हुनु शान्तिका पक्षधरका लागि खुसीको विषय भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानून पारित हुने चरणमा पुगेकाले पारित भएका कानूनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने स्पष्ट गरेका छन् ।
“हाम्रो देशमा द्वन्द्व थियो, हामीले शान्ति प्रक्रिया अगाडि बढायौँ, यो प्रक्रिया हाम्रो आफ्नै हिसाबको मौलिक (होम ग्रोन) हो, कहिले धीमा गति र कहिले समाधान हुँदै यो प्रक्रिया अगाडि बढेको छ, हामीले दुनियाँका लागि एक नमुनाका रुपमा शान्ति प्रक्रिया अगाडि बढाएका छौँ,’ उनले भने ।
यस्तै, उनले राजनीतिक कार्यदल र संसदको सम्बन्धित समितिबाट पीडित केन्द्रित हुने गरी सर्वसम्मत पारित भइसकेको बताए । यो आफूहरूको सफलता भएको उनको भनाइ थियो ।