0
Shares
काठमाडौं । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका ३ मौवाखोलामा पहिरो खसेको हो ।
यस्तै, इच्छाकामना गाउँपालिका ३ को चुम्लिङटारमा ढुंगा खसेपछि राजमार्ग दुई तर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ ।