0
Shares
काठमाडौं
गए राती मंगलबार वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग बिहान ७ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो गएको ठाउँमा सडक एकतर्फी बनेको छ । यस्तै इच्छाकामना गाउँपालिका–३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।
राजमार्ग खुलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि काठमाडौं, पोखरा तथा नारायणगढ जाने सवारी साधनको लाइन लाग्न थालेका छन् । दिउँसोसम्म राजमार्ग खुल्न सक्ने प्रहरीको भनाई छ ।