0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि (बिहीबार) सकिने भएको छ । गत शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठक एक हप्तापछि सकिन लागेको हो ।
आज (बुधबार) बैठक सक्ने भनिए पनि टीआरसी विधयकका विषयमा संसदमा छलफल हुने भएकाले एक दिन ढिला गरी बैठक सकिने पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्ययले बताए ।
बैठकमा बोल्न स्थायी समिति सदस्यले बोलेर अध्यक्षले जवाफ दिएपछि बैठक सकिने उपाध्ययले बताए । त्यसपछि पार्टीको तर्फबाट बैठकका निर्णय सार्वजनिक गरिने भएको छ । स्थायी समिति बैठकपछि केन्द्रीय समिती बैठक बस्ने भएको छ ।
बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व छोडेर तेस्रो पुस्तालाई हस्तान्तरण गर्नु पर्ने भन्दै १४ पृष्ठको लिखित सुझाव दिएका थिए । यसबाहेक बैठकमा प्रचण्डमाथि नेताहरूले प्रश्न उठाएका थिए ।