प्रधानमन्त्रीको चिन्ता- देश वृद्ध नागरिकको मात्रै हुने भो, चाँडो बिहे गरेर बच्चा जन्माउनु

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको लहर ल्याउने दाबी गरे ।

देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवा विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेको बताए ।

उनले हाल जनसंख्या वृद्धि दर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवालाई आग्रह गरे ।

 

सम्बन्धित समाचार