‘१६ अर्ब विद्युतको बक्यौता छुट दिने कसरी क्रान्तिकारी ?’

0 Shares

काठमाडौं । नेकपा एमाले सांसद ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउनेबारे प्रश्न गरेका छन् ।

सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका पोखरेलले २२ अर्बको बक्यौता उठाउनु पर्छ भन्ने भ्रष्टाचारी र १६ अर्ब छुट दिने कसरी क्रान्तिकारी भए ? भन्दै संसद बैठकमा प्रश्न गरेका हुन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सभापति पोखरेलले १६ अर्ब कुन सेटिङमा छुट गरियो ? भनेर प्रश्न गरे । राज्यको ठूलो सम्पत्ति दुरुपयोग गर्न मिल्छ कि मिल्दैन ? भनेका उनले बक्यौता रकम उठाउने बारे बोलेका थिए ।

महालेखाले बक्यौता तिर भनेको २२ अर्बमा सार्वजनिक लेखा समितिमा छलफल नगरी १६ अर्ब छुट दिन नमिल्ने उनको धारणा थियो । उनले यसअघिको सरकारले १६ अर्ब छुट दिन खोजेको आरोप लगाउन भ्याए ।

सम्बन्धित समाचार