ट्रक दुर्घटना हुँदा च्यापिएर चालकको मृत्यु

0 Shares

काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका ५ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८१८१ नंको क्लिङ्कर बोकेको १२ चक्के ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका १ का २५ वर्षीय सबिन राईको मृत्यु भएको हो ।

शम्भुनाथ ५ स्थित मोहनपुर पुलबाट २० मिटर तल खसेको ट्रकभित्र चालक राईको च्यापिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए ।

सम्बन्धित समाचार