१० वर्षीय बालकले आत्महत्या गरेको आशंका, अनुसन्धान गर्दै प्रहरी

0 Shares

काठमाडौं । जिल्लाको गोदावरी नगरपालिकामा १० वर्षीय बालकको शव फेला परेको छ । गोदावरी ४ बसन्तपुरका बालक सुनील साउँदको सोमबार साँझ शव फेला परेको हो ।

प्रहरीका अनुसार बालकको शव घरभित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो । अबोध बालक झुण्डिएको अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान भइरहेको छ ।

मृत बालकको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।

सम्बन्धित समाचार