दाउन्नेमा पहिरो गएपछि दिउँसोसम्म यातायात अवरुद्ध

0 Shares

काठमाडौँ
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएपछि सडक अवरुद्ध भएको छ । पूर्व पश्चिम जाने गाडीहरू सञ्चालनमा दिउँसो १ बजेसम्म रोक लगाएको हो ।
नवलपुरको दाउन्नेमा सोमबार राति सडक भासिँदा सुरुमा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मत गर्नुपर्ने भएकाले दिउसो १ बजेसम्म गाडी चलाउन रोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उनले जानकारी दिए । यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिए पनि गाडी चलाउन समस्या हुने देखिएको छ ।

सम्बन्धित समाचार