0
Shares
काठमाडौँ
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी साउन ३० गते बुधबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले प्रदेश सभाको बैठक बोलाएर विश्वासको मत लिने तयारी गरेका हुन ।
नेपाली काँग्रेस संसदीय दलका नेता शाह काँग्रेस र नेकपा ९एमाले०को समर्थनमा साउन २० गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ ।
सत्तारुढ दल काँग्रेसका १८, एमालेका ११ सांसदकै समर्थनमा पनि शाहको विश्वासको मत पुग्ने देखिएको छ ।