प्रचण्डलाई जनार्दनको प्रश्न- पार्टी फुटाउँदै छ भनेर किन हल्ला चलाइयो ?

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्दका उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टी विभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको भन्दै प्रश्न गरेका छन् ।

माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित मस्यौदामार्फत सो आरोपको पुष्टी गर्न शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरे ।

‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो, उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा पुगेर मूल नेतृत्वले पार्टी फुटतिर उन्मुख छ, कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराए पछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो, देशभर यसको असर देखा पर्न थाल्यो,’ शर्माले पेस गरेको राजनतीतिक प्रस्तावमा उल्लेख गरे ।

यस्तै, प्रचण्डलाई शर्माले पार्टी कसले फुटाउन खोजेको हो भन्दै प्रश्न गरे । उनले भने, ‘पार्टी फुटाउने कसले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुट्दै छ र भन्ने सोध्ने गरेका छन् ।’

उनका अनुसार माओवादी विभाजन अन्य राजनीतिक दल, सुरक्षा निकाय र ब्युरोक्रेसीसमेतमा चासोको विषय बन्न पुगेको छ ।

सम्बन्धित समाचार