0
Shares
काठमाडौँ
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक नेताहरूले आफ्नो धारणा राख्न सुरु गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा बिहान ११ बजेदेखि नै नेताहरू आफ्ना कुरा राख्न थालेका हुन् ।
सरकारबाट बाहिरिएपछि पहिलो पटक बसेको स्थायी समिति बैठक गत शुक्रबारदेखि सुरु भएको हो । शुक्रबार र शनिवार अध्यक्ष प्रचण्ड सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत अधिकांश पदाधिकारीले आफ्नो धारणा राखी सकेका छन् । बाँकी रहेका पदाधिकारी र स्थायी समिति सदस्यले आफ्नो धारणा राख्ने छन् । बैठकमा एक नेतालाई जम्मा २० मिनेटको समय दिएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी र सङ्गठन निर्माण, जन वर्गीय सङ्गठनको सम्मेलन र विचार मिल्नेसँग एकता गर्ने एजेन्डा बनाएको छ ।