माओवादीले बृहत वामपन्थी एकता गर्ने

0 Shares

काठमाडौं
नेकपा माओवादी केन्द्रले बृहत वामपन्थी एकता गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले वृहत वामपन्थी एकता गरेर जाने बताएका हुन ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले विचार मिल्ने कम्युनिस्ट क्रान्तिकारीसंग वृहत वामपन्थी एकता गरेर जाने अध्यक्षले प्रस्ताव गरेको बताए । तर, नेकपा एमालेसंग भने तत्काल एकता नगर्ने भएको छ ।

अहिले नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा, महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी लगायत पार्टीसँग एकता गर्ने गरी छलफल गर्ने सापकोटाले बताए । ति शक्तिसंग एकता गर्न वार्ता टोली समेत गठन गरिएको थियो । पछि निर्वाचन र सरकार गठन भएपछि सेलाएका थियो । एकता गर्न नमिल्ने पार्टीसंग वृहत मोर्चाबन्दी गरेर सदन र सडकलाई प्रभावकारी बनाउने तयारी गरेको छ ।

सम्बन्धित समाचार