0
Shares
काठमाडौं । विशेष अदालत बार एसोसियसनको अध्यक्षमा एमाले निकट पीपीएलएको प्यानल निर्वाचित भएको छ । टीकाबहादुर कुँवर अध्यक्ष उक्त प्यानल निर्वाचित भएको हो ।
कुँवर अध्यक्ष पदमा निर्विरोध हुँदा उपाध्यक्ष र सचिव र सदस्यमा निर्वाचन भएका हुन् । जसअनुसार उपाध्यक्षमा शशिनाथ मरासिनी, सचिवमा युवराज बञ्जाडे विजयी भए
सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे र महिला सदस्यमा मौसम राई निर्वारोध निर्वाचित भएका छन् ।
सदस्यहरूमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा र बोलाराम पाण्डे विजयी भएका छन् ।