बंगलादेशको हिंसा रोक्न काठमाडौंमा नेपालीले गरे प्रदर्शन (भिडिओसहित)

0 Shares

काठमाडौं । पछिल्लो समय बंगलादेशमा भएको आन्दोलनसहित सुरु भएको हिन्दु र बौद्ध धर्मावलम्बीमाथिको हिंसा रोक्न काठमाडौंमा प्रदर्शन भएको छ ।

राष्ट्रिय एकता अभियानको ब्यानरमा बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि हिंसा भएको भन्दै विरोध स्वरुप काठमाडौंको माइतिघरमा प्रदर्शन भएको हो ।

विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बी एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नु पर्ने उनीहरूले जनाएका छन् । उनीहरूले हिन्दुमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गरलगायतका नारा लगाएका थिए ।

 

सम्बन्धित समाचार