एमएडब्लु वृद्धि कमर्शियलद्वारा बर्दिवासमा नयाँ शोरुम सञ्चालनको सुरुवात

0 Shares

काठमाडौं । नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रा.लि.ले बर्दिवासमा शोरुम उद्घाटन गरेको छ ।

होटल रेड क्राउन, बर्दिबासको छेउमा रहेको अत्याधुनिक सुविधा सम्पन्न शोरुम आज शुक्रबारदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो । शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध हुने छन् ।

चीनको फोटोन मोटर्सको आधिकारिक वितरकको रूपमा कम्पनीले हाइरुफ इभी भ्यान, टुनल्याण्ड र टीएम वानसहित सवारी साधनहरू उपलब्ध हुने छ । आफ्नो व्यावसायिक सवारी साधनको विकल्पलाई थप विस्तार गर्न एमएडब्लू वृद्धिले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ । जसको बहुमुखी इसी थर्टी सिक्स भ्यान यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरूमा उपलब्ध छन् ।

डेडिकेटेड बिक्री टोलीको स्वागत र विशेषज्ञ मार्ग दर्शनको साथमा ग्राहकले आफ्ना लागि उपयुक्त विकल्प छान्न सक्ने छन् । नयाँ शोरुम एमएडब्लू वृद्धिको लागि एउटा महत्वपूर्ण कदमको सङ्केत हो ।

यसले ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई बलियो बनाई कम्पनीको उपस्थितिलाई नेपालभर विस्तार गर्दछ । बर्दिबास र आसपासका ग्राहकहरूले अब नयाँ व्यावसायिक सवारी साधन अनुभव गर्न, वित्तिय विकल्पहरू खोज्न र नयाँ खोलिएको शोरुमबाट फाइदा लिन सक्ने छन् ।

सम्बन्धित समाचार