एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, दुई हेलिकप्टर खोज्न जाँदै

0 Shares

काठमाडौं । एयर डाइनेस्टीको दर्ता नम्बर ९ एन-एजेडी हेलिकप्टर दुर्घटना भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाव झाका अनुसार चार जना सवार हेलिकप्टर दुर्घटना भएको हो ।

‘हेलिकप्टर दुर्घटना भएको खबर आएको छ, अहिले घटना स्थलमा दुई वटा हेलिकप्टर खोज्न गएका छन्,’ उनले भने, ‘हेलिकप्टरमा चार जना सवार थिए, थप विवरण आउन बाँकी छ ।’

हेलिकप्टर रसुवाको स्याफ्रुबेसी गएको थियो । हेलिकप्टर आज दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो ।

हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ । शिवपुरी ७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको स्थानीयबासीले जनाएका छन् ।

सम्बन्धित समाचार