0
Shares
काठमाडौं । पहिरोका कारण मुग्लिन-मलेखु सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना ४ नाग्दी खोलामा पहिरो खसेको हो ।
पहिरो पन्छाएर पूर्ण रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने उनको भनाइ थियो ।
आज बिहान खसेको पहिरोका कारण काठमाडौं प्रवेश गर्ने यात्रुहरू बाटोमा अलपत्र परेका छन् ।