म्यानचेस्टर डर्बीमा युनाइटेडमाथि सिटीको उत्कृष्ट जित

0 Shares

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई पराजित गरेको छ।

गएराति सिटीको मैदानमा भएको खेलमा युनाइटेडलाई सिटीले ३-१ गोलले पराजित गरेको हो। युनाइटेडका लागि रासफोर्डले आठौं मिनेटमा पहिलो गोल गरेका थिए।

दोस्रो हाफमा सिटीले तीन गोल फर्कायो। सिटीको लागि फिल फोडेलले दुई गोल गरे। उनले ५६ र ८० मिनेटमा गोल गरेका थिए। तेस्रो गोल अर्लिङ हालाण्डले गर्न सफल भए। हालाण्डले दोस्रो हाफको इन्ज्युरी टाइमको पहिलो मिनेटमा गोल गरेका थिए।

जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको सिटीको २७ खेलबाट ६२ अंक भएको छ। शीर्षस्थानको लिभरपुलको ६३ अंक छ।

सम्बन्धित समाचार