दिपल ईभी पोखरामा हिमालय अर्गनाइजेशनले बिक्री गर्ने

0 Shares

काठमाडौं । नेपाली बजारमा निकै लोकप्रिय बनेको ईभी ब्रान्ड दिपललाई पोखरामा हिमयल अर्गनाइजेशनले बिक्री गर्ने भएको छ । दिपलको नेपालका लागि आधिकारीक बिक्रेता एमएडब्लु बृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्र्तगतको हिमालय मोटरक्स प्रालिलाई नियूक्त गरेको हो ।

कम्पनीका अनुसार पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रालिको शोरुममा गई दिपल गाडि बुकिङ गर्न सकिनेछ । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडि पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ । टेस्ट ड्राईभको लागि एक साता भित्र गाडि पोखरामा उपलब्ध हुने जनाइएको छ ।

नेपाली बजारमा उपलब्ध मोडल एस ०७ र एल ०७ मोडल बिक्रीका लागि उपलब्ध हुने र गाडि बुकिङ गर्ने ग्राहकहरुलाई एक साताभित्रै उपलब्ध गराईने कम्पनीले जानकारी गराएको छ । यी ईभीको मूल्य क्रमशः ७४ लाख ९९ हजार र ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

ध्रुव थापा अध्यक्ष रहेको हिमालय अर्गनाईजेशन अन्र्तगतको आयम इन्टरकन्टिनेनटल प्रालि फोर्स मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता समेत हो । विगत ३ दशक भन्दा बढि समय देखी यस अर्गनाईजेशन अटोमोवाइल्स ब्यवसायमा सक्रिय रहदैँ आएको छ ।

सम्बन्धित समाचार