0
Shares
काठमाडौं । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा बाढी पसेको छ । मंगलबार राति अत्याधिक वर्षा हुँदा एमालेको पार्टी कार्यालयमा पानी पसेर सबै डुबाएको हो ।
पार्टी कार्यालयको बैगैँचा भवनभित्र पानी पसेर कुर्सी टेबल र महत्वपूर्ण डकुमेन्टसमेत भिजेको पार्टी नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पार्टी कार्यालय डुबेको भिडियो फेसबुकमा हालेका छन् ।
पार्टी कार्यालय नजिकै मनहोरा खोला भएकाले प्राय पार्टी कार्यालय डुब्ने गरेको छ । गत वर्ष पनि बाढी एमाले पार्टी कार्यालय डुबेकाे थियो ।