सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

0 Shares

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४०० सय रुपैयाँले वृद्धि भएको हो ।

योसँगै आइतबार तोलामा एक लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर एक लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुन तोलामा एक लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य तोलामा एक हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार