यो साता सुनको मूल्यमा भारी गिरावट, अन्तिम कारोबार मूल्य कति ?

0 Shares

काठमाडौं । यो साता सुनको मूल्यमा भारी गिरावट भएको छ । गत साताको शुक्रबार प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार छापावाला सुनको मूल्य दुई हजार ८०० रुपैयाँले गिरावट भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो साताको शुक्रबार छापावाला सुनको मूल्यमा गिरावट आउँदै प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । गत साताको शुक्रबार प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यो शुक्रबार तेजाबी सुनको मूल्य एक लाख ४४ हजार रुपैयाँमा कारोबार हुँदा अघिल्लो साता एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यो शुक्रबार चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । गत साताको शुक्रबार एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो । यो साताको शुक्रबार एक हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार