अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने व्यवस्था मौद्रिक नीतिमा

0 Shares

काठमाडौँ । अब चेक बाउन्स हुँदा कालोसूचीमा नपरिने भएको छ।

अब खातामा पर्याप्त नगद मौज्दात नभएको चेक काट्दा कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गरेको थियो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सो व्यवस्था हटाउने उल्लेख गरेको छ।

‘चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।

सम्बन्धित समाचार