बच्चाले खाना खान किन मान्दैनन्, कसरी खुवाउने ?

0 Shares

काठमाडौँ । बच्चाहरुले खाना खान नमन्नु हरेक आमा बाबुको लागि चिन्ता जनकको कुरा हो ।

आमाबुवा आफ्नो बच्चालाई धेरै भन्दा धेरै खानेकुरा ख्वाउन चाहन्छन्, ताकि बच्चामा कुपोषण नहोस् । तर पटक–पटक खाना खुवाउन प्रयास गर्दा पनि बच्चाले खाना खादैन । यसो गर्दा अभिभावक हैरान भएर कतिपयले त बच्चालाई कुट्ने र हपकार्ने गरेको पनि पाइन्छ ।

हामीले बच्चालाई खानको लागि जत्ति दवाव दिन्छौं, त्यत्ति नै नकारात्मक भावनाको विकास हुन्छ। त्यसैले बच्चालाई खाना खुवाउँदा रमाइलो र हासीखुसीको वातावरण बनाउनुपर्छ।

बच्चाले खाना नखानुको कारण ?

– जुका परेका बच्चाले पनि खाना खान आनाकानी गर्छन् ।
– एकै स्वादका खाना भएर ।
– ग्यास्ट्राइटिकको कारण ।
– समयसम्म एन्टिबायोटिक प्रयोग गरिएको छ भने ।
– खाना पच्न नसक्ने भएपछि बच्चाले खान पनि मन गर्दैनन् ।
– निमोनिया, टन्सिलजस्ता संक्रमण भएका वेला पनि बच्चाहरू खान मन गर्दैनन् ।
– रुघाखोकी, नाक टालिएको, झाडाबान्ता लागेको भए ।
– उनीहरूको इसारा नबुझेको, भावनालाई कम बुझेको, बच्चासँग कम खेल्ने गरेकोले ।

खाना कसरी खुवाउने ?
-परिवारका अन्य सदस्यहरुले खाएको बेला बच्चालाई उपस्थित गराउने ।
– उनीहरुको खानेकुरा एकैनासे हुनुहुँदैन ।
– बच्चालाई मन नपर्ने परिकार परिवारका अन्य सदस्यले खाँदै गरेको देखाउने ।
– खाना खाने समयावधि सीमित गरेर तोकिएको हुनुपर्छ ।
– तोकिएको समय सकियो भने खाना बाँकी नै भए पनि प्लेट उठाउनुपर्छ ।
– खाने समयावधिभर मिठाई र चकलेट दिने काम गर्नु हुँदैन ।
– बच्चालाई खुवाउने वेलामा धेरै रिसाउने, चिच्याउने गर्नु हुदैन् ।
– बच्चाहरुलाई कुनै कुरा खानलाई जबर्जस्ती गर्नु हुदैन् ।
– बच्चाहरुलाई डुलाएर खुवाउने ।
– खाना खुवाउने वेलामा बच्चासगं कुराकानी गर्ने ।
– परिवारका सबै सदस्यहरुले बालबालिकालाई पालैपालो खुवाउने ।

 

सम्बन्धित समाचार