0
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट भएको छ । बुधबार ११ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार दुई हजार ४०० रुपैयाँले घटेको हो ।
योसँगै बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला एक लाख ४६ हजार ७०० कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।