१९ जना सवार रहेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु, पाइलट कसरी बाँचे ?

0 Shares

काठमाडौँ । चालक दलका सदस्यसहित १९ जना सवार रहेको सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज आज बिहान करिब ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटनाग्रस्त भएको छ ।

टेक अफ लिने क्रममा जहाज दुर्घटना भएको हो । टेकअफ लगत्तै जहाज सुरुमा देब्रेतर्फ खसेर बजारिएको र फेरि उछिट्टिएर दाहिनेतर्फ पुगेको थियो ।

दाहिनेतर्फ लगभग दुई सय मिटर घिस्रिँदै जहाजले एयर डाइनेस्टीको हेलिकोप्टरको ह्याङ्गरलाई हिर्काउन पुग्यो । ह्याङ्गरमा रहेको कन्टेनरलाई समेत घिसार्दै जहाज तल खोल्सामा पुगेको थियो ।

दुर्घटनास्थलमा एयर डाइनेस्टीको कन्टेनरसँगै जहाजको ककपिटको भाग रहेको छ । जहाजको पछाडिको भाग त्यहाँबाट टुक्रिएर फेरि सय मिटर पर बजारिएको छ । यो भाग काँडाघारीको बाटो नजिक रहेको छ ।

जहाज दुर्घटना हुँदा ठूलो आवाज आएको थियो । दुई ठाउँबाट आगो र धुवाँको मुस्लो निस्किएको थियो । तत्कालै जहाजमा अग्निनियन्त्रण र उद्दारकर्मी खटिएका थिए ।

जहाजबाट क्याप्टेन मनिष शाक्यको भने जिवितै उद्दार गरिएको छ । प्रहरी स्रोतका अनुसार उनी आफैं जहाजबाट निस्किन सफल भएका थिए । उनको टाउकोमा चोट लागेको छ ।

सम्बन्धित समाचार