सौर्य जहाज दुर्घटना : थप ३ जनाको जीवितै उद्धार, १५ जनाको शव निकालियो

0 Shares

काठमाडौँ। सौर्य एअरको जहाज दुर्घटनास्थलबाट थप तीन जनाको जिवितै उद्धार गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी दीपक थापाले थप दुई जनालाई जीवितै उद्धार गरिएको बताए । उद्धार गरिएका ४ मध्‍ये एक जनालाई सिनामंगलस्थित केएमसी अस्पताल र ३ जनालाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

जिवितै उद्धार गरिएका व्यक्तिको पहिचान हुन बाँकी रहेको उनले बताए । त्यसैगरी १५ जनाको शव निकालिएको छ । सौर्य एअरको जहाज धावनमार्गबाट उड्ने क्रममा बिहान सवा ११ बजे दुर्घटनामा परेको थियो ।

पोखराका लागि उड्ने क्रममा बुद्ध एअरको ह्यांगर पछाडि दुर्घटनामा परेको थियो । जहाजमा लागेको आगो ११:४० बजे नियन्त्रणमा आएको थियो ।

सम्बन्धित समाचार