घुससहित अस्पतालकी अधिकृत पक्राउ

0 Shares

काठमाडौं । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिँदै गर्दा पक्राउ परेकी छन् ।

अख्तियारको टोलीले उनलाई एक लाख ५० हजार नगद र चार लाख ५० हजारको चेकसहित पक्राउ गरेको जनाएको छ ।

औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदै गर्दा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचार