फिस्लिङमा पहिरो खस्दा काठमाडौं जोड्ने प्रमुख सडक अवरुद्ध

0 Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौं सडक खण्ड पहिरो खसेर अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो । सडक अवरुद्ध बनेपछि यात्रुले सास्ती पाएका छन् ।

यसअघि पहिरो हटाउन तयारी अवस्थामा डोजर राख्ने गरिएकोमा यो वर्ष नराखेकाले समयमा पहिरो हटाउन सकिएको छैन । पहिरो पन्छाउने काम भने सुरु भएको छ ।

सम्बन्धित समाचार