अब शेयर बजारमात्र होइन देशको पुरै बजार चलायमान हुनेछः प्रधानमन्त्री ओली

0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अब शेयर बजारजस्तै देशको सबै बजार चलायमान हुने बताएका छन्। संसदमा विश्वासको मत लिने क्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

५० लाख बढी जनता संलग्न शेयर बजार पछिल्लो दुई सातादेखि सकारात्मक रहेको बताए। ‘५० लाख संलग्न शेयर बजार पछिल्लो दुई सातामा नै ४०० अंक बढेको छ। नेप्से २७ महिना यताकै उच्च भएको छ, हाम्रा सरकारप्रति जनताले देखाएको विश्वास यो हो,’ उनले भने ‘अब शेयर बजार मात्र होइन देशको सबै बजार चलायमान हुने छ।’

सिँगो देशलाई चलायमान बनाउने आत्मविश्वास आफुसँग रहेको उनले बताए।

सम्बन्धित समाचार