0
Shares
काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखको इन्दिरा राना मगरको राजीनामा माग गरेको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रामहरि खतिवडाले राजीनामा मागेका हुन् ।
सांसद खतिवडाले उपसभामुखले पाँच जनालाई अमेरिकाको भिसा दिनका लागि सिफारिस गर्न पत्र लेखेपछि राजीनामा दिनु पर्ने बताएका हुन् ।
‘चिन्दै नचिनेको मान्छेलाई सिफारिस कसरी गरियो ?, छानबिन हुनुपर्छ केही समय पहिला एक जना मन्त्रीले अमेरिका लैजान सिफारिस गरेको आधारमा राजीनामा दिनु परेको थियो,’ उनले भने ।
यसैबीच, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संवैधानिक परिषदमा बहुमत बनाउन उपसभामुखको नाम जोडेर बद्नाम गर्न खोजेको आरोप लगाए ।
उनीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)की सुमना श्रेष्ठले भुटानी शरणार्थीमा नाम मुछिएका सबैको छानबिन गरी उपसभामुखबारे पनि छानबिन गर्न माग गरिन् ।