बस र तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा १५ जना घाइते

0 Shares

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार आज दिउँसो भरतपुर महानगर २९ मा पर्ने भतेरीमा नारायणघाटबाट पोखरा जाँदै गरेको ग २ ख १४०१ नंको बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नंको पेट्रोल बोकेको ट्याङ्करको पछाडि ठोक्किँदा बसमा सवार यात्री घाइते भएका हुन् ।

घाइतेलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा लगिएको प्रवक्ता रिजालले बताए । घाइतेमध्ये एक जना गम्भीर र अन्यको अवस्था मध्यम रहेको छ ।

सम्बन्धित समाचार