0
Shares
काठमाडौं । सिरहा जिल्लाको गोल बजारस्थित खेतमा जमेको पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको छ ।
गोलबजार नगरपालिका ८ सिडिओ टोलनजिकै रहेको खेतमा जमेको पानीमा सोही गाउँका ६० वर्षीय मनोज थापाको शव फेला परेको हो ।
बुधबार रातिदेखि हराएको थापाको शव शुक्रबार उनकै घरनजिक खेतमा जमेको पानीमा फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।