0
Shares
काठमाडौं । कप्तान भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोलको मदतमा लिभरपुलले चेल्सीलाई १-० ले राजित गर्दै इएफएल कपको उपाधि जितेको छ ।
आइतबार राति लण्डनस्थित वेम्बली मैदानमा भएको फाइनल खेलमा लिभरपुललाई जिताउन भान डाइकले ११८औं मिनेटमा गोल गरे ।त्यसअछि भान डाइकले ६०औं मिनेटमा गोल गरे पनि भिएआरले मान्यता नदिंदा लिभरपुल अग्रता लिनबाट बन्चित भएको थियो । तर अतिरिक्त समयमको खेल सकिन दुई मिनेट बाँकी छँदा भान डाइकले नै विजयी गोल गरे ।
लिभरपुलले दशौं पटक इएफएल कपको उपाधि जितेको हो । लिभरपुलले नै यो उपाधि सर्वाधिक जित्ने टिम समेत हो । लिभरपुलपछि म्यानचेष्टर सिटीले ८ तथा म्यानचेष्टर युनाइटेडले ६ पटक इएफएल कप जितेका छन् ।