0
Shares
काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य ५० हजार रुपैयाँमाथि पुगेको छ ।
आज कम्पनीको सेयरमूल्य ७.५९ प्रतिशत बढ्दै प्रतिकित्ता ५२ हजार ५०० रुपैयाँ पुगेको छ । यससँगै कम्पनी प्रतिकित्ता मूल्य ५० हजार पुग्ने पहिलो कम्पनी बनेको छ ।
आज कम्पनीले प्रतिकित्ता मूल्य ४८ हजार ७ सय ९४ रुपैयाँका साथ कारोबारको थालनी गरेको थियो । कम्पनीको सेयरमूल्य २०२३ को जनवरीमा प्रतिकित्ता १८ हजार रुपैयाँ थियो । यस हिसाबले कम्पनीको सेयरमूल्य डेढ वर्षको अन्तरालमा २.९४ गुणाले बढेको छ ।
नेपालको सेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै प्रतिकित्ता मूल्य भएको युनिलिभरले गत जेठ १५ गते आफ्नो अधिकृत पूँजी ३० करोड रुपैयाँबाट बढाएर २ अर्ब १४ करोड रुपैयाँ पुर्याएको थियो ।
हाल कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्तापूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ ।