केपी ओलीलाई दुर्गा प्रसाईंको चेतावनी- खबरदार हजुरबा मलाई पक्रेर देखाउनु

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माफियाहरूको सरकार भएको दाबी गरेका छन् । मंगलबार झापामा पत्रकार सम्मेलन गर्दै प्रसाईंले ओली प्रधानमन्त्री हुनेवित्तिकै देशका ठूला व्यापारी बालुवाटार पुगेको दाबी गरे ।

प्रसाईंले सम्बोधन गर्दै अब देश माफियाहरूको हातबाट फुत्काउनु पर्ने अवस्था आएको बताए । उनले केपीकाल राणा कालभन्दा खतरा भएको भन्दै आफूलाई छुन चेतावनी दिएका थिए ।

‘पानीको लौरो टेकेर दुर्गा प्रसाईंलाई तर्साउनले ? खबरदार हजुरबा दुर्गा प्रसाईंलाई पक्रेर देखाउनु, पक्रने त के छुने आँट गर पहिला,’ प्रसाईंले भने । अर्को प्रशंगमा हुने एमाले नेता महेश बस्नेतलाई लक्षित गर्दै आफूले कसैलाई बलात्कार नगरेको बताउँदै राज्यको ढुकुटी नलुटेको बताए ।

‘राजश्व तिरेको छैन भने हतकडी लगाऊ, इण्डियाले संविधान संशोधन गर भनेको छ, त्यसो गर्दा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्नु भनेको छ, ४५ लाख भारतीयलाई राष्ट्रिय परिचयपत्र दिनु पर्ने, अनि राष्ट्रिय परिचय पत्रको सिस्टम नै भारतलाई सुम्पनु पर्ने रे !, खबरदार केपी ओली सरकार यो संविधान नछोऊ,’ उनले भने ।

सम्बन्धित समाचार