नेप्सेमा अर्थमन्त्री पौडेलको प्रभाव, पहिलो दिनमै ७० अंकले वृद्धि

0 Shares

काठमाडौं । नेप्सेमा आज हरियाली छाएको छ । नयाँ सरकार बनेपछि नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ अंकको विन्दुमा पुगेको हो ।

नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेको दिन सोमबार घटेको नेप्से मंगलबार भारी अंकले बढेको हो । आज ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिद बिक्री भयो । जसमा नौ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ ।

आज सिन्धु विकास बैंक, बरुण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, अन्खु खोला जलविद्युत र मन्दाकिनी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको थियो । आज कारोबार भएका सबै कम्पनीको शेयर मूल्य बढेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनगाडी ग्रुपको २१ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित समाचार