0
Shares
काठमाडौँ । सेयर बजारका लागि राम्रो छवी बनाएका अर्थमन्त्री विष्णु पौडेलको प्रवेशसँगै सेयर बजार मापक परिसूचक नेप्सेमा उछाल आएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन नै बजार मापक सूचक नेप्सेमा आधा शतक बढीको वृद्धि भएको हो ।
दिउँसो २ बजेसम्म नेप्सेमा ५४ अंक बढीको उछाल आउँदा सवा ६ अर्ब धेरेको कारोबार भएको छ । ३१२ कम्पनीको १ करोड ८१ लाख बढी कित्ता सेयर कारोबार भएको छ ।