त्रिशूलीमा बस बेपत्ताः नारायणी नदीमा एक शव फेला

0 Shares

काठमाडौं । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका ७ गैरीस्थित नारायणी नदीमा मंगलबार बिहान एउटा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो ।

नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको उत्खनन गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । त्रिशूलीमा दुई बस बेपत्ता भएका यात्रुमध्येकै शव भएको हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि गैरी क्षेत्रमै बस दुर्घटनामा परेका तीन यात्रुको शव फेला परेको थियो । हालसम्म १५ यात्रुको शव फेला परिसकेको छ । अब कम्तिमा ४७ यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

सिमलता दुर्घटनामा परेका यात्रुको शव करिब एक सय किमी तल गण्डक व्यारेजमा भेटिन थालेकाले सोही क्षेत्रलाई आधार बनाएर खोजी तीव्र बनाइएको छ । आज फेला परेको शवको पहिचान हुन सकेको छैन ।

सम्बन्धित समाचार