आज त्रिशुलीमा खसेका दुवै बस भेटिएनन्, खोजी कार्य रोकियो

0 Shares

काठमाडौं । पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बससहित यात्रुको अहिलेसम्म बेपत्ता रहेका छन् । शुक्रबार बिहान ३ बजे पहिरोले बगाउँदा दुई वटा बस यात्रुसहित त्रिशूलीमा खसेको हो ।

यात्रु र बसको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर काम गरेका थिए । तर, फेला पार्न सकेन । चितवनको भरतपुर महानगर २९ सिमलतालमा पहिरोमा परी दुई यात्रुबाहक बस त्रिशूलीमा खसेका थिए ।

त्रिशूलीमा खसेका बसमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट आएको बसमा २४ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी गराएका थिए । अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बलका २८ गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए ।

अहिलेसम्म यात्रुको अवस्था अज्ञात रहेको र आजका लागि खोजी कार्य स्थगित भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार