फुटबलर मनिष डाँगीको घरबाट ४५ लाख चोरी, ३ जना पक्राउ

0 Shares

काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी मनिष डागीको घरमा चोरी भएको छ । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुर, इमाडोलको बासुकी टोलस्थित मनिषको तीन तले घरमा ६ फागुनको साँझ चोरी भएको थियो । नगद, गरगहना समेत गरी ४५ लाख रुपैयाँ चोरी भएको थियो ।

चोरीमा संलग्न रहेको आरोपमा प्रविण तामाङ, राजन श्रेष्ठ र अनुप तामाङलाई पक्राउ गरिएको छ ।

सम्बन्धित समाचार