काठमाडौं आउँदै गरेका हाइस दुर्घटना, ११ जना घाइते

0 Shares

काठमाडौं । सिन्धुलीको गोलान्जोर गाउँपालिका ७ स्थित मरिन डाईभर्सन इलाकामा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको हाइस गाडी दुर्घटना भएको छ ।

आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर हाइस दुर्घटना हुँदा गाडीमा सवार ११ जना घाइते भएका छन् ।

विपद् व्यवस्थापन सुरक्षा बेश खुर्कोटबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको तत्कालै उद्धार गरी उपचारको लागि शुभ जीवन अस्पताल पठाएको थियो ।

सम्बन्धित समाचार