0
Shares
काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले त्रिशूली नदीमा खसेका दुई बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान गरिएको छ ।
आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एञ्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परी नदीमा खसेका थिए ।
प्रहरीका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको आकंलन गरिएको छ । यद्यपि, यात्रुहरूको यकिन विवरण आउन बाँकी रहेको छ । दुवै बस र यात्रुहरुको अवस्था अज्ञात छ
जिल्ला प्रहरी कार्यालय चितवनले खोज तथा उद्धारका लागि ७५ जनाको सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।