पोखरामा पहिरोमा परी एकै परिवारका सातसहित ९ जनाको निधन, थप विवरण बाँकी

0 Shares

काठमाडौं । पोखरा महानगर १२ पुरनचौरमा पहिरोमा परी एकै परिवारका सात जनाको निधन भएको छ । बिहीबार राति सवा १० बजेतिर खसेको पहिरोमा परी उनीहरूको निधन भएको हो ।

निधन हुनेमा ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र राधिका परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

यसैगरी पोखरा ३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको छ । करिब ११ वर्षीया अनुस्का ओझा बेपत्ता भएकी छन् । घटनाबारे थप विवरण बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार